यशैयाको पुस्तक 63:9 - नेपाली नयाँ संशोधित संस्करण9 तिनीहरूका सारा दु:खमा उहाँ पनि दु:खित हुनुभयो, र उहाँको उपस्थितिका दूतले तिनीहरूलाई बचाए। उहाँको प्रेम र कृपामा उहाँले मोल तिरेर तिनीहरूलाई छुटकारा दिनुभयो। उहाँले तिनीहरूलाई उठाउनुभयो, र प्राचीनका सबै दिनमा उहाँले तिनीहरूलाई बोक्नुभयो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल9 तिनीहरूलाई बचाउने एउटा स्वर्गदूत होइन तर परमप्रभु आफैं हुनुहुन्थ्यो। आफ्नो प्रेम र करुणामा उहाँले तिनीहरूको उद्धार गर्नुभयो। बितेका दिनमा उहाँले सधैँ तिनीहरूको हेरचाह गर्नुभएथ्यो। Viz kapitolaपवित्र बाइबल9 मानिसहरूसँग धेरै कष्टहरू थिए, तर परमप्रभु उनीहरूका विरूद्ध थिएनन्। परमप्रभुले मानिसहरूलाई प्रेम गर्नुभयो। अनि उनीहरू प्रति दु:खी हुनुभयो। यसकारण परमप्रभुले उनीहरूलाई बचाउनु भयो, उहाँले तिनीहरूलाई बचाउनु आफ्ना खास स्वर्गदूतलाई पठाउनु भयो। उहाँले तिनीहरूलाई उठाउनु भयो र बोक्नु भयो, अनि तिनीहरूलाई सदा-सर्वदा हेरचाह गर्नु भयो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण9 तिनीहरूका सबै दुःखहरूमा उहाँ आफैँ पनि दुःखित हुनुभयो; अनि उहाँको उपस्थितिका स्वर्गदूतले तिनीहरूका दुःखबाट तिनीहरूलाई बचाए। उहाँले आफ्नो प्रेम र कृपामा तिनीहरूलाई उद्धार गर्नुभयो; उहाँले तिनीहरूलाई उठाउनुभयो र ती विगतका सबै दिनहरूमा तिनीहरूलाई बोक्नुभयो। Viz kapitola |