यशैयाको पुस्तक 63:7 - नेपाली नयाँ संशोधित संस्करण7 परमप्रभुले हाम्रा निम्ति गर्नुभएका सबै कार्यहरूअनुसार, जसको निम्ति उहाँलाई प्रशंसा दिनुपर्दछ, उहाँले गर्नुभएको दयाको विषयमा म बताउनेछु— उहाँको करुणा र धेरै दयाअनुसार, उहाँले इस्राएलको घरानाको निम्ति धेरै असल कार्य गर्नुभयो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल7 परमप्रभुको अचुक प्रेमबारे म भन्नेछु, उहाँले हाम्रो निम्ति जे-जति गर्नुभयो, तिनको निम्ति म उहाँको प्रशंसा गर्दछु। आफ्ना कृपा र अटुट प्रेमको कारणले उहाँले इस्राएलका मानिसहरूलाई प्रचुर आशिष् दिनुभएको छ। Viz kapitolaपवित्र बाइबल7 मैले परमप्रभुका दयापूर्ण कर्महरू सोचिरहेकोछु। म परमप्रभुको स्तुति गर्न सोचिरहेकोछु। परमप्रभुले इस्राएलका मानिसहरूलाई धेरै राम्रो चीजहरू दिनु भयो। परमप्रभु हाम्रो निम्ति साह्रै दयालु हुनुहुन्छ। परमप्रभुले हामीलाई दया देखाउनु भयो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण7 म याहवेहको दयाको बारेमा बताउनेछु, उहाँले हाम्रो निम्ति गर्नुभएका सबै कामअनुसार, जुन कामको निम्ति उहाँको प्रशंसा हुनुपर्छ— हो, उहाँको दया र महान् कृपाअनुसार उहाँले इस्राएलको घरानाको निम्ति धेरै असल कार्यहरू गर्नुभएको छ। Viz kapitola |