यशैयाको पुस्तक 63:11 - नेपाली नयाँ संशोधित संस्करण11 तब उहाँका प्रजाले प्राचीनका दिनलाई, अर्थात् मोशा र तिनका प्रजाका दिनलाई सम्झे। समुद्रबाट उहाँको बगालका गोठालासमेत तिनीहरूलाई ल्याउने कहाँ हुनुहुन्छ? आफ्ना पवित्र आत्मा तिनीहरूका बीचमा राख्ने कहाँ हुनुहुन्छ— Viz kapitolaसरल नेपाली पवित्र बाइबल11 तर तिनीहरूले बितेका दिन परमप्रभुको सेवक मोशाका दिनलाई याद गरे र यसरी प्रश्न गरे, “तिनीहरूका अगुवासमेत समुद्रबाट आफ्ना प्रजालाई बचाउनुहुने परमप्रभु अहिले कहाँ हुनुहुन्छ? आफ्नै आत्मा मोशालाई दिनुहुने परमप्रभु कहाँ हुनुहुन्छ? Viz kapitolaपवित्र बाइबल11 तर धेरै बर्ष अघि के भएको थियो परमप्रभु अझै सोच्नु हुन्छ। उहाँ मोशा र मानिसहरूको बारेमा सोच्नु हुन्छ। परमप्रभु नै एकजना हुनुहुन्छ जसले मानिसहरूलाई समुद्रबाट ल्याउनु भयो। परमप्रभुले आफ्ना भेंडाहरू डोर्याउन आफ्नो गोठाला प्रयोग गर्नु भयो। तर परमप्रभु, जसले आफ्नो आत्मा तिनीहरूमा स्थापित गर्नु भयो, अहिले कहाँ हुनुहुन्छ? Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण11 तब उहाँका मानिसहरूले विगतका दिनहरूलाई सम्झे, मोशा र तिनका मानिसहरूका दिनहरू— उहाँ कहाँ हुनुहुन्छ, जसले तिनीहरूलाई समुद्र बीचबाट आफ्ना बगालको गोठालासितै ल्याउनुभयो? उहाँ कहाँ हुनुहुन्छ, जसले आफ्ना पवित्र आत्मालाई तिनीहरूबीच राखिदिनुभयो, Viz kapitola |