यशैयाको पुस्तक 6:2 - नेपाली नयाँ संशोधित संस्करण2 उहाँको मास्तिर सराफहरू खड़ा थिए— प्रत्येकका छ-छ वटा पखेटा थिए। दुई वटा पखेटाले तिनीहरूले आफ्नो मुख ढाकेका थिए, दुई वटाले आफ्ना खुट्टा ढाकेका थिए, र दुई वटाले तिनीहरू उड्दैथिए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल2 उहाँका मास्तिर आगोको ज्वालाझैँ चहकिला स्वर्गदूतहरू थिए र तिनीहरू प्रत्येकका छ-छ वटा पखेटाहरू थिए। दुई वटा पखेटाले आफ्नो मुख, दुईटा पखेटाले आफ्नो खुट्टा ढाकेका थिए र अर्को दुईटा पखेटाले तिनीहरू उड्दथे। Viz kapitolaपवित्र बाइबल2 सराफ स्वर्गदूतहरू परमप्रभुको चारैतिर उभिएका थिए। प्रत्येक सराफ स्वर्गदूतका छ-छवटा पखेंटाहरू थिए। ती स्वर्गदूतहरूले मुख ढाक्नलाई तिनीहरूको दुइ-दुइवटा पखेंटाहरू प्रयोग गरेका थिए। अर्का दुइ-दुइवटा पखेंटाहरू तिनीहरूको खुट्टाहरू छोप्नलाई प्रयोग गरेका थिए। अनि तिनीहरूको दुइवटा पखेंटाहरू उड्नलाई प्रयोग गरेका थिए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण2 उहाँका मास्तिर छ-छ वटा पखेटा भएका सराफहरू थिए: तिनीहरूले दुई वटा पखेटाले आफ्ना अनुहार ढाकेका थिए, दुई वटाले तिनीहरूका खुट्टाहरू ढाकेका थिए, र दुई वटाले तिनीहरू उड्दथे। Viz kapitola |