यशैयाको पुस्तक 58:7 - नेपाली नयाँ संशोधित संस्करण7 आफ्नो भोजन भोकासित बाँड़चूँड़ गर्नु, र घर नभएका गरीबहरूलाई शरण दिनु— नाङ्गोलाई देखेर लुगा लगाइदिनु, र आफ्नो जात-भाइहरूबाट नलुक्नु, होइन र? Viz kapitolaसरल नेपाली पवित्र बाइबल7 भोकाउनेसित आफ्नो भोजन बाँडिखाऊ र घर नभएका गरीबलाई आफ्नो घर खोलिदेऊ। नाङ्गाहरूलाई कपडा देऊ र आफ्ना नातेदारहरूलाई सहायता गर्न इन्कार नगर। Viz kapitolaपवित्र बाइबल7 म चाहन्छु कि तिमीहरूले आफ्ना भोजन भोका मानिसहरूसँग बाँडेर खानेछौ। म चाहन्छु कि तिमीहरूले घर नभएका गरीब मानिसहरूलाई खोजेर आफ्नो घरहरूमा आश्रय दिनेछौ। जब तिमीहरूले नाङ्गो वस्त्रहीन मानिस देख्यौ भने त्यसलाई आफ्ना लुगाहरू दिनेछौ। ती मानिसहरूलाई सहयोग गर्न नचुक, तिनीहरू पनि तिमीहरू जस्तै नै हुन्।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण7 के तिमीहरूका भोजन भोकाएकाहरूसित बाँड्नु, घरबार नभएका गरिबलाई आश्रय दिनु, नाङ्गोलाई देख्दा त्यसलाई ढाकिदिनु, र आफ्ना खाँचोमा परेका नातेदारहरूसँग नलुक्नु नै उपवास होइन र? Viz kapitola |