यशैयाको पुस्तक 58:4 - नेपाली नयाँ संशोधित संस्करण4 तिमीहरूका उपवासको दिन लड़ाइँ र झगड़ामा अन्त्य हुन्छ र एउटाले अर्कालाई दुष्ट मुक्काले हिर्काउँछौ। तिमीहरू आजको जस्तो उपवास बसेर तिमीहरूको सोर स्वर्गमा सुनिने आशा गर्न सक्दैनौ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल4 तिमीहरूका उपवासले त तिमीहरूलाई झन् साह्रो झगडा गर्ने र आपसमा लड्ने बनाउँछ। के यस प्रकारका उपवासले गर्दा म तिनीहरूको प्रार्थना सुन्नेछु भन्ठान्छौ? Viz kapitolaपवित्र बाइबल4 तिमीहरू भोको छौ, तर भोजनको लागि होइन। तिमीहरू मानिसहरूलाई आफ्ना दुष्ट हातहरूले कुट्नलाई भोको छौ। जब तिमीहरूले भोजन खान छोडयौ त्यो मेरो लागि होइन। तिमीहरूले आफ्ना आवाज मेरो स्तुति गाउनँ प्रयोग गरेनौ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण4 तिमीहरूका उपवास वाद-विवाद, झगडा र हात हालाहालमा टुङ्गिन्छ। यस प्रकारको उपवास बस्दा तिमीहरूको प्रार्थना ग्रहणयोग्य हुँदैन। Viz kapitola |