यशैयाको पुस्तक 58:2 - नेपाली नयाँ संशोधित संस्करण2 किनकि तिनीहरूले मलाई दिनहुँ खोज्छन्। जे ठीक छ त्यही गर्ने र आफ्ना परमेश्वरको आज्ञा भङ्ग नगर्ने तर मेरो मार्ग जान्न इच्छा गर्ने जातिजस्तै तिनीहरू देखिन्छन्। तिनीहरू मसँग उचित निर्णयहरू माग्छन्, र परमेश्वर तिनीहरूका नजिकै आऊन् भनी उत्सुक भएका देखिन्छन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल2 तिनीहरूले दिनहुँ मेरो आराधना गर्छन्। मेरो मार्ग जान्न र मेरा व्यवस्था पालन गर्न उत्सुक छौ भनी तिनीहरूले देखाइटोपल्छन्। तिनीहरूले मसित ठीक न्याय चाहन्छन्, परमेश्वर तिनीहरूको नजिक आऊन् भन्ने तिनीहरू इच्छा देखाउँछन्।” Viz kapitolaपवित्र बाइबल2 तिनीहरू पाप गर्छन र पनि तिनीहरू आफैं प्रत्येक दिन मलाई पूज्न आउँछन्। अनि तिनीहरू मेरो बाटो अप्नाउन इच्छुक छन्। तिनीहरू धार्मिक-विधानमा बाँचेको अनि परमेश्वरका असल आज्ञा अनुशरण गरेका राष्ट्रले जस्तो व्यावहार गर्छन्। तिनीहरू मसित सही न्याय माँग्छन्। तिनीहरू निष्पक्ष निर्णयको लागि परमेश्वरकहाँ जान्छन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण2 किनकि तिनीहरूले मलाई दिनहुँ खोज्छन्; तिनीहरू जे ठिक छ, त्यही गर्ने र आफ्ना परमेश्वरको आज्ञा नत्याग्ने, तर मेरा मार्ग जान्न इच्छा गर्ने जातिजस्तै देखिन्छन्। तिनीहरू मसँग उचित निर्णयहरू सोध्छन्, र परमेश्वर तिनीहरूका नजिक आऊन् भनी इच्छा राख्छन्। Viz kapitola |