यशैयाको पुस्तक 56:5 - नेपाली नयाँ संशोधित संस्करण5 म मेरो मन्दिर र त्यसका पर्खालहरूभित्र छोराछोरीहरूभन्दा पनि अझ असल स्मारक तुल्याउनेछु, र तिनीहरूलाई अझ असल नाउँ दिनेछु। म तिनीहरूलाई कहिल्यै नकाटिने अनन्तको नाउँ दिनेछु। Viz kapitolaसरल नेपाली पवित्र बाइबल5 मेरो मन्दिरमा र मेरा प्रजाहरूका बीचमा तेरो नामको सम्झना गरिनेछ। त्यो सम्झना तेरा छोरा-छोरी भएका भन्दा पनि धेरै दिनसम्म रहनेछ। तेरो नाम कहिल्यै मेटिनेछैन।” Viz kapitolaपवित्र बाइबल5 यसैले म तिनीहरूकोलागि स्मारक ढुङ्गा मेरो मन्दिरमा राखिदिनेछु। तिनीहरूका नाउँ मेरो शहरमा सम्झना गरिनेछ। हो, म ती नपुसंकहरूलाई केही चीज दिनेछु जुन नानीहरू भन्दा राम्रो हुन्छ। म तिनीहरूलाई नाउँ दिनेछु जुन सधैँ रहनेछ। तिनीहरू मेरा मानिसहरूबाट अलग हुने छैनन्।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण5 तिनीहरूलाई मेरो मन्दिर र त्यसका पर्खालहरूभित्र छोराछोरीहरूभन्दा पनि अझ उत्तम स्मारक तुल्याउनेछु; र तिनीहरूलाई अझ असल नाम दिनेछु। म तिनीहरूलाई कहिल्यै नमेटिने अनन्तको नाम दिनेछु। Viz kapitola |