यशैयाको पुस्तक 52:1 - नेपाली नयाँ संशोधित संस्करण1 जाग्, जाग्, ए सियोन, तेरो शक्ति धारण गर्। ए पवित्र सहर, यरूशलेम, आफ्नो महिमित पोशाक लगा। अब उप्रान्त खतना नभएका र बिटुलिएकाहरू फेरि तँभित्र आउनेछैनन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल1 हे यरूशलेम, तँ बलियो बन् र फेरि महान् हो! हे परमेश्वरको पवित्र सहर, गौरवको पोशाक लगा। खतना नभएका र बिटुलिएकाहरू कहिल्यै तेरा मूल-ढोकाभित्र पस्नेछैनन्। Viz kapitolaपवित्र बाइबल1 जाग! जाग! हे सियोन! आफैं वस्त्र लगाऊ! आफ्नो शक्ति धारण गर र पवित्र यरूशेलेममा उभ! मानिसहरू जो परमेश्वरको बाटोमा हिँड्न तयार भएनन तिमीहरूकहाँ फेरि प्रवेश गर्नेछैन्। ती मानिसहरू शुद्ध र सफा छैनन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण1 हे सियोन, जाग्, जाग्, तेरो बल धारण गर्। हे पवित्र सहर यरूशलेम, तेरो महिमाको पोशाक लगा; खतना नभएकाहरू र अशुद्धहरू तँभित्र फेरि पस्नेछैनन्। Viz kapitola |