यशैयाको पुस्तक 51:9 - नेपाली नयाँ संशोधित संस्करण9 जाग्, जाग्! हे परमप्रभुको बाहु, शक्ति धारण गर्, र प्राचीनकालमा झैँ, उहिलेका पुस्ताहरूको समयमा झैँ जाग्। के तपाईं त्यही हुनुहुन्न, जसले राहाबलाई टुक्रा-टुक्रा पार्नुभयो, र त्यस अजिङ्गरलाई वारपार छेड्नुभयो? Viz kapitolaसरल नेपाली पवित्र बाइबल9 उठ्नुहोस्, हे परमप्रभु हामीलाई सहायता गर्नुहोस्! आफ्नो शक्ति प्रयोग गरेर हामीलाई बचाउनुहोस्, प्राचीन समयमा झैँ आफ्नो शक्ति प्रयोग गर्नुहोस्। समुद्रको अजिङ्गर राहाबलाई टुक्रा-टुक्रा पार्ने तपाईं नै हुनुहुन्थ्यो। Viz kapitolaपवित्र बाइबल9 जाग! जाग! हे परमप्रभुको बाहु, बलवान बन्। आफ्नो बल चलाऊ जसरी तिमीहरूले धेरै अघि गरेका थियौ। जसरी तिमीहरूले प्राचीन कालमा गरेका थियौ। तिमीहरूसँग राहाबलाई पराजित गरेको त्यो शक्ति छ। तिमीहरूले अजीङ्गरलाई पराजित गर्यौ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण9 जाग, जाग! हे याहवेहको बाहुली, आफैँलाई शक्ति धारण गर; बितेका समयमा झैँ, पुराना पुस्ताहरूमा झैँ जाग! के राहाबलाई टुक्रा-टुक्रा पार्ने तपाईं नै हुनुहुन्न? जसले त्यस अजिङ्गरलाई वारपार छेडिदिनुभयो। Viz kapitola |