Online Bible

- Reklamy -




यशैयाको पुस्तक 50:2 - नेपाली नयाँ संशोधित संस्करण

2 म त्‍यहाँ आउँदा किन कोही मानिस थिएन? मैले बोलाउँदा मलाई जवाफ दिने किन त्‍यहाँ कोही थिएन? के मेरो हात तिमीहरूलाई छुटाउन नसक्‍ने गरी छोटो भएको थियो? के तिमीहरूको उद्धार गर्नलाई मसित शक्तिको अभाव छ? मेरो मामूली हप्‍काइले समुद्रलाई म सुकाउँछु। नदीहरूलाई मरुभूमि पारिदिन्‍छु। पानीको कमीले गर्दा त्‍यहाँका माछाहरू सड्‌छन्‌ र तिर्खाले मर्छन्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

2 “मैले मेरा प्रजालाई बचाउन जाँदा किन तिनीहरू आएनन्? मैले बोलाउँदा किन तिनीहरूले जवाफ दिएनन्? के म तिनीहरूलाई बचाउन नसक्‍ने प्रकारले कमजोर छु र? म आफ्‍नो एउटा आज्ञाले सागरलाई सुख्‍खा पार्न र नदीहरूलाई मरुभूमि बनाउन सक्‍छु र पानी नपाएर त्‍यहाँ माछाहरू मर्नेछन्।

Viz kapitola kopírovat

पवित्र बाइबल

2 म घरमा आएँ, त्यहाँ कोही पनि थिएन्। मैले घरिघरि बोलाईनै रहें। तर के म तिमीहरूलाई बचाउँन सक्तिनँ भनेर सोच्दछौ? तिमीहरूलाई आफ्ना सारा सङ्कटहरूबाट बचाउँन मसँग शक्ति छ। हेर, यदि मैले समुद्रलाई सुख्खा भई जा भनेर आदेश दिएँ भने त्यो सुख्खा हुनेछ। माछा पानी बिना मर्ने छ, अनि तिनीहरूका शरीरहरू कुँहिएर जानेछन्।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

2 म आउँदा किन कोही थिएन? मैले बोलाउँदा किन जवाफ दिने कोही मानिस थिएन? के मेरो हात तँलाई छुटाउन नसक्ने गरी साह्रै छोटो थियो? के तँलाई बचाउने शक्ति मसित छैन र? मेरो एउटा हप्कीले म समुद्र सुकाउन सक्छु, म नदीलाई मरुभूमि बनाउन सक्छु; पानीको कमीले गर्दा माछाहरू कुहिन्छन् र तिर्खाले मर्छन्।

Viz kapitola kopírovat




यशैयाको पुस्तक 50:2

Následuj nás:

Reklamy


Reklamy