यशैयाको पुस्तक 49:8 - नेपाली नयाँ संशोधित संस्करण8 परमप्रभु यसो भन्नुहुन्छ: “निगाहको समयमा म तँलाई जवाफ दिनेछु, र उद्धारको दिनमा तँलाई म सहायता दिनेछु। देश पुनर्स्थापित गर्न र त्यसको नष्ट भएका जायजातहरू फेरि अधिकारको निम्ति दिन म तँलाई जोगाइराख्छु र मानिसहरूका निम्ति तँलाई करार बनाउँछु, Viz kapitolaसरल नेपाली पवित्र बाइबल8 परमप्रभु भन्नुहुन्छ, “निगाहको समयमा म तँलाई जवाफ दिनेछु र उद्धारको दिनमा म तँलाई सहायता गर्नेछु। देश पुनर्स्थापित गर्न र त्यसको उजाड पारेको पैतृक धन-सम्पत्ति फेरि अधिकारमा ल्याउन म तँलाई जोगाइराख्नेछु र तँद्वारा मानिसहरूसित एउटा करार बाँध्नेछु। Viz kapitolaपवित्र बाइबल8 परमप्रभु भन्नुहुन्छ, “त्यहाँ एक त्यस्तो विशेष समय आउनेछ जब म आफ्नो दया देखाउनेछु। त्यस समय म तिम्रो प्रार्थनाको उत्तर दिनेछु। त्यहाँ एक विशेष समय आउनेछ जब म तिमीलाई बचाउँछु, त्यस समय म तिमीलाई सहायता गर्नेछु म तिमीलाई रक्षा गर्ने छु अनि मानिसहरू र म बीच भएको करार पत्रको तिमी साक्षी हुनेछौ। देश अहिले ध्वंश भयो तर तिमीले त्यो भूमि फिर्ता दिनेछौ, ती मानिसहरूलाई जो त्यसको मालिक थियो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण8 याहवेह यसो भन्नुहुन्छ: “मेरो निगाहको समयमा म तँलाई जवाफ दिनेछु, र उद्धारको दिन म तँलाई सहायता गर्नेछु; म तँलाई सम्हाल्नेछु र तँलाई बनाउनेछु; मानिसहरूका निम्ति एउटा करार बनाउन, देशलाई पुनर्स्थापन गर्न, र त्यसका उजाड उत्तराधिकारहरू फेरि दिलाउन, Viz kapitola |