यशैयाको पुस्तक 49:4 - नेपाली नयाँ संशोधित संस्करण4 तर मैले भनें, “मैले केही अभिप्राय नराखी परिश्रम गरें। मैले व्यर्थमा र शून्यताको लागि मेरो बल खर्च गरें। तापनि जे मैले पाउनुपर्छ, त्यो परमेश्वरको हातमा छ, र मेरो प्रतिफल मेरा परमेश्वरसित छ।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल4 मैले भनें, “मैले काम त गरें, तर ती काम व्यर्थका भए!” मैले आफ्नो सारा शक्ति लगाएँ तर केही सफलता पाइनँ।” तरै पनि जे मैले पाउनुपर्छ, त्यो परमप्रभुसँग छ र मेरो कामको प्रतिफल उहाँले दिनुहुनेछ। Viz kapitolaपवित्र बाइबल4 मैले भने, “मैले व्यर्थै परिश्रम गरें, मैले आफूलाई थोत्रो पारें, तर उपयोगी काम भने भएन। मैले मेरा सारा शक्तिहरू प्रयोग गरें तर वास्तवमा मैले केही पनि पाइनँ। यसैले, परमप्रभुले मसँग केही गर्नलाई निर्णय दिनु पर्छ। परमेश्वरले मेरो कामको प्रतिफल दिनै पर्छ।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण4 तर मैले भनेँ, “मैले व्यर्थैमा परिश्रम गरेछु; मैले आफ्नो बल सबै व्यर्थमा खर्च गरेछु। तर पनि मैले पाउनुपर्ने जे छ, त्यो याहवेहकै हातमा छ; अनि मेरो पुरस्कार मेरा परमेश्वरसित छ।” Viz kapitola |