यशैयाको पुस्तक 47:14 - नेपाली नयाँ संशोधित संस्करण14 निश्चय नै तिनीहरू ठुटाजस्तै छन्। आगोले तिनीहरूलाई जलाउनेछ। आगोका ज्वालाको शक्तिबाट तिनीहरू आफैलाई बचाउन सक्दैनन्। यहाँ कसैलाई आगो ताप्ने भुङ्ग्रो हुँदैन, न यहाँ बसेर ताप्नलाई आगो हुनेछ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल14 “तिनीहरू परालका टुक्राझैँ हुनेछन्, आगाले तिनीहरूलाई स्वाहा पार्नेछ! तिनीहरूले आफ्नै बचाउ पनि गर्न सक्नेछैनन्। ज्वालाले तिनीहरूलाई डढाइहाल्नेछ; ताप्ने खालको न्यानो आगोझैँ हुँदैन। Viz kapitolaपवित्र बाइबल14 तर ती मानिसहरूले आफैंलाई सम्म बचाउँन सक्तैन। तिनीहरू पराल जस्तो जल्नेछन्। तिनीहरू यति चाँडो जल्नेछन कि कसैलाई तातो पार्न कोइला सम्म रहने छैन। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण14 तिनीहरू निश्चय नै ठुटाझैँ हुन्; आगोले तिनीहरूलाई जलाइदिनेछ। तिनीहरूले आफूलाई ज्वालाको शक्तिबाट बचाउनसमेत सक्दैनन्। यो कसैलाई न्यानो पार्ने कोइला होइन; न त नजिक बस्ने आगो नै हो। Viz kapitola |