यशैयाको पुस्तक 45:3 - नेपाली नयाँ संशोधित संस्करण3 म परमप्रभु हुँ, म नै इस्राएलका परमेश्वर हुँ, मैले नै तँलाई तेरो नाउँ काढ़ेर बोलाएको छु भनेर तैंले थाहा पाउनलाई म तँलाई अँध्यारो ठाउँमा भएको भण्डार र गुप्त स्थानमा जम्मा गरेको धन दिनेछु। Viz kapitolaसरल नेपाली पवित्र बाइबल3 म तँलाई गुप्त र अँध्यारो ठाउँहरूबाट धन-सम्पत्ति दिलाउनेछु, तब तैँले थाहा पाउनेछस् कि म नै परमप्रभु हुँ र इस्राएलका परमेश्वरले तँलाई नामद्वारा बोलाउनुभएको छ। Viz kapitolaपवित्र बाइबल3 म तिमीलाई त्यो धन दिनेछु जसले अन्धकारमा बँचाउनेछ। म तिमीलाई ती गुप्त स्थानमा जम्मा गरेको धन दिनेछु। म यसो गर्ने छु ताकि तिमीहरूले म इस्राएलको परमप्रभु परमेश्वर हुँ, भनेर जान्नेछौ। अनि म तिमीलाई तिम्रो नाउँले बोलाउने छु। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण3 म नै याहवेह हुँ, म नै इस्राएलका परमेश्वर हुँ; मैले नै तँलाई तेरो नाम काढेर बोलाएको छु भनेर तैँले थाहा पाउनलाई म तँलाई अँध्यारो ठाउँमा भएको भण्डार र गुप्त स्थानमा जम्मा गरेका धन दिनेछु। Viz kapitola |