यशैयाको पुस्तक 4:1 - नेपाली नयाँ संशोधित संस्करण1 त्यस दिन सात जना स्त्रीहरूले एउटै मानिसलाई समातेर यसो भन्नेछन्, “हामी आफ्नै भोजन खानेछौं र आफ्नै लुगा जुटाउनेछौं, केवल तपाईं हाम्रा पति हुनुहोस्। हाम्रो अपमान तपाईंले हटाइदिनुहोस्।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल1 त्यो समय आएपछि सात जना आइमाईहरूले एक जना पुरुषलाई समातेर भन्नेछन्, “हामी आफ्नो भोजन खानेछौं र आफ्नो लुगाफाटा लाउनेछौं, केवल तिमी नै हाम्रा लोग्ने हौ भनेर हामीलाई भनिदेओ र हाम्रा निन्दा हामीले सुन्नुपर्नेछैन।” Viz kapitolaपवित्र बाइबल1 त्यतिबेला, सातजना स्त्रीहरूले एकजना पुरूषलाई समात्ने छन्। तिनीहरूले भन्ने छन्, “हामी खानलाई आफ्नै रोटी बनाउने छौं। अनि लगाउनलाई आफ्नै लुगा बनाउने छौं। हामी यी सम्पूर्ण कुराहरू आफ्नै निम्ति गरिरहेका छौं यदि तिमी हामीहरूसँग विवाह गर्छौ भने तिम्रो नाउँ जान्न पाउँ। दया गरेर, हाम्रा अपमान हटाई देऊ।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण1 त्यस दिन सात जना स्त्रीहरूले एक जना मानिसलाई समात्नेछन्, र यसो भन्नेछन्, “हामी आफ्नै भोजन खानेछौँ; अनि आफ्ना लुगाको प्रबन्ध आफैँ गर्नेछौँ; तपाईं हाम्रो पति हुनुहोस्। हाम्रो अपमान तपाईंले हटाइदिनुहोस्!” Viz kapitola |