यशैयाको पुस्तक 25:9 - नेपाली नयाँ संशोधित संस्करण9 त्यस दिन तिनीहरूले यसो भन्नेछन्, “निश्चय उहाँ नै हाम्रा परमेश्वर हुनुहुन्छ, हामीले उहाँमाथि भरोसा गर्यौं र उहाँले नै हामीलाई बचाउनुभयो। उहाँ नै परमप्रभु हुनुहुन्छ, उहाँमाथि हामीले भरोसा गर्यौं। उहाँले गर्नुभएको उद्धारमा हामी खुशी होऔं र रमाऔं।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल9 त्यसो भएपछि सबैले भन्नेछन्, “उहाँ नै हाम्रा परमेश्वर हुनुहुन्छ! हामीले उहाँमा भरोसा राखेका छौं र उहाँले हामीलाई उद्धार गर्नुभएको छ। उहाँ नै परमप्रभु हुनुहुन्छ। हामीले उहाँमाथि भरोसा राखेका छौं र अहिले आनन्द र रमाहट गर्दछौं किनभने उहाँले हामीलाई बचाउनुभएको छ।” Viz kapitolaपवित्र बाइबल9 त्यसबेला, मानिसहरूले भन्नेछन्, “उहाँ हाम्रो परमेश्वर हुनुहुन्छ, जसलाई हामीले पर्खिरहेका थियौं। उहाँ हामीलाई बचाउन आउनु हुनेछ। हामी हाम्रो परमप्रभुलाई पर्खिरहेका छौं। यसकारण जब उहाँले हामीलाई बचाउनु हुनेछ, हामी आनन्दित र खुशी हुनेछौं।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण9 त्यस दिन तिनीहरूले यसो भन्नेछन्, “निश्चय उहाँ हाम्रा परमेश्वर हुनुहुन्छ; हामीले उहाँमा भरोसा राख्यौँ, र उहाँले हामीलाई बचाउनुभयो। उहाँ नै याहवेह हुनुहुन्छ, र हामीले उहाँमाथि भरोसा राख्यौँ; हामी उहाँले दिनुभएको मुक्तिमा आनन्दित होऔँ र रमाऔँ।” Viz kapitola |