यशैयाको पुस्तक 24:16 - नेपाली नयाँ संशोधित संस्करण16 पृथ्वीको पल्लो कुनादेखि हामी “धर्मी जनको महिमा” भनी गाइरहेको सुन्छौं। तर मैले भनें, “म सुक्दैजाँदैछु, म सुक्दैजाँदैछु मलाई धिक्कार छ! धोखाबाजी गर्नेहरू धोखाबाजी गर्छन्! धोखाबाजी गरेर नै धोखाबाजी गर्नेहरू विश्वासघात गर्छन्!” Viz kapitolaसरल नेपाली पवित्र बाइबल16 पृथ्वीका टाढा-टाढाबाट धार्मिक जाति इस्राएलको प्रशंसामा गीत गाएको सुनिन्छ। तर मलाई भने केही आशा छैन। म सुकेर जाँदैछु। देशद्रोहीहरूले विश्वासघात गरि नै रहेका छन् र तिनीहरूको धोकाबाजी झन्झन् बढेर जानेछ। Viz kapitolaपवित्र बाइबल16 संसारका सबै कुनाहरूबाट परमेश्वरको निम्ति गाइएका स्तुति गीत सुनिनेछन्। ती गीतहरू असल परमेश्वरको स्तुति गीत हुनेछ। तर म भन्छु “मलाई पीर छ, म दु:खमा छु। म जे देख्छु, ती भयंकर चीजहरू हुन्। देशद्रोहीहरू मानिसहरूको विरूद्ध उठ्दैछन् अनि तिनीहरूलाई चोट पुर्याउँदैनन्।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण16 पृथ्वीको अन्तिम छेउबाट हामी गाएका सुन्छौँ: “धर्मीलाई महिमा होस्।” तर मैले भनेँ, “म सुकेर जाँदैछु, म सुकेर जाँदैछु! मलाई धिक्कार छ! धोकाबाजीहरूले विश्वासघात गर्छन्! बेइमानीसाथ धोकाबाजीहरूले विश्वासघात गर्छन्!” Viz kapitola |