यशैयाको पुस्तक 22:5 - नेपाली नयाँ संशोधित संस्करण5 दर्शनको बेँसीमा परमप्रभु, सर्वशक्तिमान् परमप्रभुबाट भएको यो कोलाहलको र कुल्चीमिल्ची गर्ने तथा त्रासको दिन हो— पर्खाल भत्काउने, र पर्वतलाई पुकार्ने दिन हो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल5 दर्शनको बेसीमा अहिले आतङ्क, हार र गडबडीको समय छ। सार्वभौम, सर्वशक्तिमान् परमप्रभुले ती हामीमाथि पठाउनुभएको हो। हाम्रो सहरका पर्खालहरू भत्काइएका छन् र मद्दतको निम्ति उठेको पुकार डाँडा-डाँडामा ठोकिएर गुञ्जिरहेको छ। Viz kapitolaपवित्र बाइबल5 परमप्रभुले एक खास दिन रोज्नु भयो। त्यस दिन त्यहाँ कोलाहल र अस्तव्यस्त स्थिति हुनेछ। दर्शनको बेंसीमा मानिसहरू एक-अर्कालाई कुल्ची मिल्ची पार्दै हिंड्नेछन्। शहरका पर्खालहरू भत्काई झार्नेछन्। बेंसीमा बस्ने मानिसहरू पर्वतमा बस्ने मानिसहरू प्रति चिच्याई कराउनेछन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण5 सेनाहरूका याहवेह, प्रभुकहाँ दर्शनको बेँसीमा खैलाबैला, कुल्चीमिल्ची र आतङ्कको एउटा दिन छ; पर्खाल भत्काउने र पहाडहरूसित कराउने एउटा दिन छ। Viz kapitola |