यशैयाको पुस्तक 21:2 - नेपाली नयाँ संशोधित संस्करण2 एउटा डरलाग्दो दर्शन मलाई देखाइयो: धोखाबाजी गर्नेले धोखाबाजी गर्छ, र लुट्नेले लुट्छ। ए एलाम, आक्रमण गर्, ए मादी, घेरा लगा। त्यसले गराएको सबै सुस्केरा म बन्द गरिदिनेछु। Viz kapitolaसरल नेपाली पवित्र बाइबल2 मैले एउटा दर्शन देखें– निर्दयी घटनाहरू, विश्वासघात र सर्वनाशको दर्शन। ए एलामको सेना, आक्रमण गर! ए मादी सेना, सहर घेरा हाल! बेबिलोनले दिएको कष्टहरू परमेश्वरले अन्त गराउनुहुनेछ। Viz kapitolaपवित्र बाइबल2 मैले केही भयानक कुरा देखेकोछु जुन हुने वाला छ। मैले तिम्रो विरूद्धमा उठेका देशद्रोहीहरू देखेकोछु। तिम्रा सम्पत्तिहरू लुट्ने मानिसहरू देख्छु। एलाम, जाऊ अनि तिनीहरूका विरूद्ध युद्ध गर, मादी शहरका वरिपरि तिम्रा सैनिकहरू तैनात गर म त्यस शहरमा नराम्रो कार्यहरू समाप्त गर्न चाहन्छु। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण2 मलाई एउटा डरलाग्दो दर्शन देखाइएको छ: देशद्रोहीले विश्वासघात गर्छ, लुटेराले लुटेर लैजान्छ। एलाम, आक्रमण गर्! मादी घेरा हाल्! म त्यसका सबै क्रन्दनहरू समाप्त गरिदिनेछु। Viz kapitola |