यशैयाको पुस्तक 16:7 - नेपाली नयाँ संशोधित संस्करण7 यसकारण मोआबीहरू विलाप गर्छन्। उनीहरू मोआबकै लागि एकसाथ विलाप गर्छन्। कीर-हरेशेतका मानिसहरूका निम्ति तिमीहरू रोओ र विलाप गर। Viz kapitolaसरल नेपाली पवित्र बाइबल7 मोआबीहरू आफूले पाएका दु:ख-कष्टले रुनेछन्। कीर-हरेशेत सहरमा आफूले खाएका स्वादिला भोजनहरू सम्झेर तिनीहरू रुनेछन्। तिनीहरू हताश हुनेछन्। Viz kapitolaपवित्र बाइबल7 त्यही अहंकारको कारणले मोआबका सारा मानिसहरूले दुःख पाउनेछन्। मोआबका सारा मानिसहरू रूनेछन्, मानिसहरू उदास हुनेछन्। विगतमा तिनीहरूसित भएका कुरा तिनीहरूले चाहन्छन्। तिनीहरूले कीरहारेशेतमा बनाएको नेभाएको केकहरूको इच्छा गर्छन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण7 यसकारण मोआबीहरू विलाप गर्नेछन्; तिनीहरू एकसाथ मोआबकै निम्ति विलाप गर्नेछन्। कीर-हरेशेतका किसमिसका निम्ति विलौना र शोक गर। Viz kapitola |