यशैयाको पुस्तक 14:19 - नेपाली नयाँ संशोधित संस्करण19 तर तँचाहिँ त तेरो चिहानबाट नचाहिने हाँगाजस्तै फ्याँकिइस्। तँ तरवारले रोपिएकाहरूसँग, खाड़लका ढुङ्गाहरूमा खसेकाहरूसँग मारिएकाहरूले ढाकिएको छस्। तँ खुट्टाले कुल्चिएर पैतालामुनि परेको लाशझैँ भएको छस्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल19 तर तिम्रो चाहिँ चिहान छैन र तिम्रो लाश सडोस् भनी खुल्ला ठाउँमा फ्याँकिएको छ। लडाइँमा मारिएका सिपाहीहरूका लाशले तिम्रो लाशलाई छोपेको छ। सबै लाश ढुङ्गै-ढुङ्गा भएको खाडलमा फ्याँकिएर खुट्टाले कुल्ची-मिल्ची पारिएका छन्। Viz kapitolaपवित्र बाइबल19 तर ए दुष्ट राजा तिमी आफ्नै चिहानबाट स्वयं फ्याँकियो। तिमी हागाँ हो जो रूखबाट काटिएर टाडो फ्याँकिएको छौ। तिमी युद्धमा ढलेको मृत मानिस जस्तो छौ जसमाथि अन्य सिपाहीहरूले कुल्चेर हिँड्छन्। अहिले तिमी अन्य मृत मानिस जस्तो देखिन्छौ। तिमी कात्रोमा बेरिएका छौ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण19 तर तँ एउटा त्यागिएको हाँगाझैँ आफ्नो चिहानमा फालिएको छस्; तँ तरवारले रोपिएकाहरूसँग, खाडलका ढुङ्गाहरूमा खसेकाहरूसँग मारिएकाहरूले ढाकिएको छस्। तँ खुट्टाले कुल्चिएर पैतालामुनि परेको लासझैँ भएको छस्। Viz kapitola |