यशैयाको पुस्तक 11:15 - नेपाली नयाँ संशोधित संस्करण15 परमप्रभुले मिश्रदेशको समुद्रको खाड़ीलाई बिलकुलै सुकाउनुहुनेछ। उहाँले यूफ्रेटिस नदीमाथि लूहसित आफ्नो हात चलाउनुहुनेछ, र त्यसलाई सातवटा खोलाहरूमा विभाजन गर्नुहुनेछ र त्यसमा मानिसहरू जुत्ता लाएर सुक्खै तरेर जानेछन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल15 परमेश्वरले लाल समुद्रलाई सुकाइदिनुहुनेछ र तातो हावा बहाएर यूफ्रेटिस नदी पनि सुकाइदिनुहुनेछ र त्यहाँ स-साना सात वटा खोला हुनेछन्। ती खोला जोसुकैले पनि हिँडेर पार गर्न सक्नेछ। Viz kapitolaपवित्र बाइबल15 परमप्रभु रिसाउनु हुनेछ; र मिश्रको समुद्रलाई दुइ भागमा बाँडिदिनुहुनेछ। त्यस्तै प्रकारले, परमप्रभुले युफ्रेटिस् नदीमाथि हात हल्लाउनुहुने छ। उहाँले नदीमाथि हिर्काउनु हुनेछ र त्यो स-साना सातवटा नदीहरूमा बाँडिनेछ। साना नदीहरू गहिरा हुने छैनन्। मानिसहरू आफ्ना जुत्ताहरू नफुकाली ती नदीहरू तर्न सक्नेछन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण15 याहवेहले इजिप्टको सामुन्द्रिक खाडीलाई सुकाइदिनुहुनेछ; उहाँले प्रचण्ड बतासले यूफ्रेटिस नदीमाथि आफ्नो हात चलाउनुहुनेछ। मानिसहरू जुत्ता लगाएरै तर्न सकून् भनेर उहाँले त्यसलाई सात वटा खोलामा विभाजित गराइदिनुहुनेछ। Viz kapitola |