हिब्रू 7:21 - नेपाली नयाँ संशोधित संस्करण21 अघि पूजाहारी हुनेहरूले त साँच्ची नै विनाशपथ पूजाहारीको पद लिएका थिए, तर उहाँचाहिँ शपथसहित पूजाहारी बन्नुभयो, र उहाँको विषयमा परमेश्वर भन्नुहुन्छ, “परमप्रभुले शपथ खानुभएको छ, र आफ्नो मन बदल्नुहुनेछैन, ‘तिमी सधैँभरिको निम्ति पूजाहारी हौ’।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल21 तर येशूलाई भने उहाँले शपथ खाएरै पूजाहारी बनाउनुभयो, जसरी धर्मशास्त्रमा लेखिएको छ, “परमप्रभुले शपथ खाएर भन्नुभएको छ र उहाँले आफ्नो मन बदल्नुहुन्न। तिमी सधैँको लागि पूजाहारी हुनेछौ।” Viz kapitolaपवित्र बाइबल21 तर ख्रीष्ट चाँहि परमेश्वरको प्रतिज्ञाद्वारा पूजाहारी बन्नुभयो। परमेश्वरले उहाँलाई भन्नुभयो, “परमेश्वरले प्रतिज्ञा लिनुभयो, उहाँले आफ्नो मन परिवर्तन गर्नुहुने छैन। ‘तिमी सदा-सदालाई पूजाहारी हुनेछौ।’” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण21 तर उहाँचाहिँ शपथसहित पुजारी हुनुभयो, जब परमेश्वरले उहाँलाई भन्नुभयो: “परमप्रभुले शपथ खानुभएको छ; अनि आफ्नो मन बदल्नुहुनेछैन: ‘तिमी सदासर्वदाको लागि पुजारी हौ।’ ” Viz kapitola |