हिब्रू 5:12 - नेपाली नयाँ संशोधित संस्करण12 किनकि यतिको समयसम्म त तिमीहरू शिक्षक भइसक्नुपर्दथियो, तर अझै पनि तिमीहरूलाई कसैले परमेश्वरका वचनको आधारभूत शिक्षाहरू सिकाउनुपरेको छ। तिमीहरूलाई खँदिलो भोजन होइन, तर दूध चाहिन्छ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल12 अहिलेसम्म त तिमीहरू अरूलाई सिकाउने भइसक्नुपर्थ्यो, तर अझै परमेश्वरको शिक्षाको बारेमा प्राथमिक कुरा पनि थाहा नभएर अरू कसैले सिकाउनुपर्लाजस्तो छ। अलिक खँदिलो खानेकुराको सट्टा अझै तिमीहरू आमाको दूध चुस्ने बालकजस्तै छौ। Viz kapitolaपवित्र बाइबल12 वास्तवमा यस बेला सम्म ता तिमीहरू शिक्षा दिने बनिसक्नुपर्ने थियो। अझै पनि तिमीहरूलाई कसैले परमेश्वरका शिक्षाको पहिलो पाठ सिकाउनु आवश्यक भएको छ। तिमीहरूलाई त अझै दुध नै चाहिएको छ, ठोस आहार होइन। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण12 वास्तवमा अहिलेसम्म त तिमीहरू शिक्षकहरू भइसक्नुपर्ने थियो, तर तिमीहरूलाई त कसैले परमेश्वरको वचनका सुरुका शिक्षाहरू फेरि दोहोर्याएर सिकाउन खाँचो परेको छ। तिमीहरूलाई खँदिलो भोजन होइन, तर दूधै चाहिन्छ! Viz kapitola |