हिब्रू 11:13 - नेपाली नयाँ संशोधित संस्करण13 प्रतिज्ञा गरिएको कुरा प्राप्त नगरी यिनीहरू सबै विश्वासैमा मरे, तर टाढ़ैबाट त्यसलाई देखेर स्वागत गरी तिनीहरूले मानिलिए, कि तिनीहरू यस पृथ्वीमा परदेशी र प्रवासी थिए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल13 यी सबै मानिसहरू विश्वास गरेर मरे। परमेश्वरले दिन्छु भनेर प्रतिज्ञा गर्नुभएको कुरा तिनीहरूले पाएनन्। तैपनि परमेश्वरले गर्नुभएको प्रतिज्ञालाई तिनीहरूले टाढैबाट देखे अनि स्वागत गरे। तिनीहरूले आफूलाई यस पृथ्वीमा बाटो हिंड्ने परदेशी र शरणार्थी सम्झे। Viz kapitolaपवित्र बाइबल13 यी सबै मानिसहरू आमरण विश्वासमा बाँचे। तिनीहरूले परमेश्वरको वचन अनुसारका कुराहरू पाएनन्। तर टाडाबाट तिनलाई देखे र सन्तुष्ट बने अनि त्यसैमा आनन्दित बने। आफू त यस संसारमा यात्री र परदेशी मात्र हौं भन्ने तथ्य तिनीहरूले स्वीकारे। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण13 यी सबै मानिसहरू मृत्युसम्म विश्वासमै बाँचेका थिए। तिनीहरूले प्रतिज्ञा गरिएका कुराहरू पाएनन्, तर (विश्वासद्वारा) तिनीहरूले टाढैबाट देखेर स्वागत गरे; किनकि तिनीहरू यस संसारमा बिराना र परदेशी हुन् भनी तिनीहरूले मानिलिए। Viz kapitola |