हाग्गै 1:9 - नेपाली नयाँ संशोधित संस्करण9 “तिमीहरूले धेरै आशा गर्यौ, तर हेर, थोरै मात्र हुन आयो। तिमीहरूले घरमा जे ल्यायौ, त्यो मैले फुकेर उड़ाइदिएँ। किन त?” सर्वशक्तिमान् परमप्रभु भन्नुहुन्छ। “किनभने मेरो भवनचाहिँ भग्नावशेष भएको छ, तर तिमीहरू भने हरेक आफ्नो घरमा व्यस्त छौ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल9 “तिमीहरूले धेरै फसल उठाउने आशा गरेका थियौ; तर थोरै मात्र बटुल्यौ। जब तिमीहरूले घरमा फसल पुर्यायौ, मैले त्यो बतासले उडाइदिएँ। किन मैले त्यसो गरें त? किनभने मेरो मन्दिर जीर्ण छ र तिमीहरूचाहिँ आ-आफ्ना घर बनाउन व्यस्त छौ। Viz kapitolaपवित्र बाइबल9 सर्वशक्तिमान परमप्रभु भन्नुहुन्छ, “तिमीहरूले धैरे-बाली पाउने आशा गर्छौ, तर थोरै मात्र प्राप्त गर्नेछौ। जे जत्ति तिमीहरूले कमाउँछौ अनि घरमा राख्छौ, त्यसलाई म उडाई दिनेछु। किनकि मेरो मन्दिर नष्ट भएकोछ, तर तिमीहरूलाई आफ्नो-आफ्नो घरको मात्र चिन्ता छ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण9 “तिमीहरूले धेरै आशा गरेका थियौ, तर हेर, त्यो थोरै हुन आयो। तिमीहरूले घरमा जे ल्यायौ, त्यो मैले उडाइदिएँ। मैले किन त्यसो गरेँ?” सेनाहरूका याहवेह भन्नुहुन्छ। “किनकि मेरो भवनचाहिँ नष्ट भएको छ; अनि तिमीहरू हरेकचाहिँ आफ्नो घर बनाउनमा व्यस्त छौ। Viz kapitola |