उत्पत्ति 8:11 - नेपाली नयाँ संशोधित संस्करण11 त्यो ढुकुर साँझमा तिनीकहाँ फर्क्यो। त्यसको चुच्चामा भर्खरै टिपेको भद्राक्षको एउटा पात थियो। तब पानी जमिनमा घटेछ भन्ने नोआले थाहा पाए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल11 चुच्चामा भद्राक्षको एउटा कलिलो पात च्यापेर त्यो साँझमा नोआकहाँ फर्की आयो। तब नोआले पानी घटेछ भनी थाहा पाए। Viz kapitolaपवित्र बाइबल11 अनि त्यो ढुकुर साँझमा फेरि जहाजमा फर्किएर आयो। यस पल्ट नूहले पृथ्वीको सतहबाट पानी सुकेको चाल पाए कारण यस पल्ट त्यस ढुकुरले आफ्नो चुच्चोमा एउटा भद्राक्षको पात चेपेर ल्याएको थियो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण11 बेलुका जब त्यो ढुकुर तिनी भएको ठाउँमा फर्किआयो; त्यसको चुच्चोमा भर्खरै टिपेको भद्राक्षको पात थियो! तब पृथ्वीबाट पानी घटेर गएछ भनी नोआले थाहा पाए। Viz kapitola |