उत्पत्ति 41:12 - नेपाली नयाँ संशोधित संस्करण12 त्यहाँ अङ्गरक्षकका कप्तानको एक जना जवान हिब्रू नोकर हामीसँग थियो, र जब हामीले त्यसलाई हाम्रा सपना बतायौं, हामी दुवैको आ-आफ्नो सपनाअनुसार सपनाको अर्थ त्यसले हामीलाई खोलिदियो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल12 एउटा हिब्रू केटो हामीसित त्यहाँ थियो। त्यो पहरेदारहरूका कप्तानको कमारो थियो। हामीले त्यसलाई हाम्रा सपना बतायौं र त्यसले हामीलाई अर्थ खोलिदियो। Viz kapitolaपवित्र बाइबल12 हामीसित झ्यालखानामा एक जना हिब्रू मानिस थियो। त्यो अंगरक्षकहरूको कप्तानको नोकर थियो। उसलाई हामीले आफ्नो सपना बतायौं र ती सपनाहरूको विषयमा उनले हामीलाई व्याख्या गर्यो। हामीलाई उनले प्रत्येक सपनाको अर्थ बतायो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण12 त्यहाँ हामीसँग एउटा हिब्रू जवान अङ्गरक्षकका सेनापतिका सेवक थिए। हामीले तिनलाई आफ्ना सपनाहरू बतायौँ; अनि तिनले हामीलाई हाम्रा आ-आफ्नो सपनाअनुसारको अर्थ खोलिदिए। Viz kapitola |