उत्पत्ति 4:25 - नेपाली नयाँ संशोधित संस्करण25 फेरि आफ्नी पत्नीसित आदमको सहवास भयो, र तिनले एक जना छोरा जन्माइन् र तिनको नाउँ यसो भनेर शेत राखिन्, “कयिनले मारेको हाबिलको सट्टामा परमेश्वरले एक जना अर्को बालक मलाई दिनुभयो।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल25 आदम र तिनकी स्वास्नीको अर्को एउटा छोरो भयो। हव्वाले भनिन्, “परमेश्वरले मलाई कयिनले मारेको हाबिलका सट्टामा अर्को छोरा दिनुभयो।” आदमले त्यसको नाम शेत राखे। Viz kapitolaपवित्र बाइबल25 आदमको फेरि आफ्नी पत्नीसित सहवास भयो र तिनले फेरि एउटा छोरो जन्माइन् जसको नाउँ सेत राखियो। तिनले भनिन्, “कयिनले हाबिललाई मारेकोले उसको सट्टामा परमेश्वरले मलाई अर्को बालक दिनु भयो।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण25 आदमको आफ्नी पत्नीसित फेरि सहवास भयो; अनि तिनले अर्को छोरो जन्माइन्, र त्यसको नाम यसो भन्दै शेत राखिन्, “कयिनले हाबिललाई मारेपछि परमेश्वरले मलाई त्यसको सट्टामा अर्को छोरो दिनुभयो।” Viz kapitola |