उत्पत्ति 38:18 - नेपाली नयाँ संशोधित संस्करण18 यहूदाले भने, “म के बन्धकी राखूँ?” तिनले भनिन्, “तपाईंको छाप र त्यसको डोरी, र तपाईंको हातको यो लट्ठी राखे हुन्छ।” यसैले यहूदाले तिनलाई ती चीजहरू दिए, र तिनीसँग सहवास गरे। अनि उनीबाट तिनी गर्भवती भइन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल18 उनले सोधे, “के कुरा बन्धकी छोडूँ त?” त्यसले उत्तर दिई, “तपाईंको हातको छाप लगाउने औँठी, डोरी र टेक्ने लट्ठी छोडिदिनुहोस्।” उनले ती चीजहरू त्यसलाई दिएर त्योसित सुते। त्यो गर्भवती भई। Viz kapitolaपवित्र बाइबल18 यहूदाले सोध्यो, “मैले भेंडा नपठाउन्जेलसम्म के बन्धक राख्न चाहन्छौ?” तामारले उत्तर दिई, “तिमीले आफ्नो चिट्ठी पठाउँदा प्रयोग गर्ने मोहर र डोरी देऊ। अनि तिमीले टेक्ने लट्ठी पनी देऊ।” यहूदाले यी सब चीजहरू उसलाई दिएर तामारसित सहवास गरे। तामार गर्भवती भइन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण18 यहूदाले भने, “म तिमीलाई के बन्धक दिऊँ?” तिनले जवाफ दिइन्, “तपाईंको छाप भएको औँठी, त्यसको डोरी र तपाईंको हातमा भएको त्यो लहुरो राखे हुन्छ।” यसकारण उनले ती कुराहरू तिनलाई दिए, र तिनीसित सुते; अनि उनीद्वारा तिनी गर्भवती भइन्। Viz kapitola |