उत्पत्ति 37:35 - नेपाली नयाँ संशोधित संस्करण35 तिनका सबै छोराछोरीहरूले तिनलाई सान्त्वना दिने प्रयत्न गरे, तर तिनलाई शान्ति भएन। तिनले भने, “अँहँ, यो मेरो शोकमा नै म मेरो छोराकहाँ चिहानमा जानेछु।” यसरी योसेफका बुबाले तिनको निम्ति बिलौना गरे। Viz kapitolaसरल नेपाली पवित्र बाइबल35 उनका सबै छोरा-छोरीहरू आएर उनलाई सान्त्वना दिए तर उनले सान्त्वना चाहेनन् र भने, “म मेरो छोराको लागि विलाप गर्दै मृत्युलोकमा जानेछु।” यसरी उनले आफ्ना छोरा योसेफको लागि शोक गरे। Viz kapitolaपवित्र बाइबल35 उसका सबै छोरा-छोरीहरूले तिनलाई सान्त्वना दिने प्रयास गरे। तर याकूब कहिल्यै शोकबाट मुक्त भएन। उनले भने, “मेरो छोरोको निम्ति म नमरूञ्जनेलसम्म शोकमा रहनेछु।” यसर्थ याकूब पुत्र शोकमा परिरह्यो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण35 तिनका सबै छोराछोरीहरूले तिनलाई सान्त्वना दिन आए; तर तिनले शान्त हुन मानेनन्। तिनले भने, “होइनँ, म मेरो छोराकहाँ चिहानमा नगएसम्म शोक गरिरहनेछु।” यसरी तिनका पिताले तिनका निम्ति बिलौना गरिरहे। Viz kapitola |