उत्पत्ति 34:7 - नेपाली नयाँ संशोधित संस्करण7 भएका घटनाहरू सुनेर याकूबका छोराहरू चरनबाट आएका थिए। तिनीहरू विचलित र क्रुद्ध भए, किनभने याकूबकी छोरीलाई बिगारेर शकेमले इस्राएलको बेइज्जत गरिदिएका थिए। यस्तो काम गर्नु उचित थिएन। Viz kapitolaसरल नेपाली पवित्र बाइबल7 उनका छोराहरू बनबाट आइरहेका थिए। त्यो कुरा सुनेर तिनीहरू झसङ्ग भए र शकेमले त्यस्तो काम गरेकोले औधी रिसाए। याकूबकी छोरीमाथि बलात्कार गरेर त्यसले सारा इस्राएलको बेइज्जती गरेको थियो। Viz kapitolaपवित्र बाइबल7 जब याकूबका छोराहरूले यस बारे सुने तिनीहरू खेतबाट आए। तिनीहरू उत्तेजित भएर धेरै रिसाए किनभने शकेमले यस्तो कामगरेका थियो जो इस्राएलमा गर्नु हुँदैन थियो। शकेमको घृणात्मक कार्य सुनेर सबै दाज्यू-भाइहरू खेतबाट बाहिर निस्किए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण7 अब जे भएको थियो, त्यो सुन्नेबित्तिकै याकोबका छोराहरू खेतबाट घरमा आएका थिए। तिनीहरू विचलित र क्रुद्ध भए; किनभने शेकेमले याकोबकी छोरीलाई अशुद्ध बनाएर इस्राएलको बेइज्जत गरेका थिए। यस्तो शर्मलाग्दो काम गर्नु कदापि उचित थिएन। Viz kapitola |