उत्पत्ति 31:8 - नेपाली नयाँ संशोधित संस्करण8 उनले थोप्ले जत्ति तिम्रो ज्याला होस् भन्दा सबै बगालले थोप्ले नै बियाए। अनि उनले पेटारे जत्ति तिम्रो ज्याला होस् भन्दा सबै बगालले पेटारे नै बियाए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल8 लाबानले ‘थोप्ले बाख्रा तेरा हुनेछन्,’ भन्दा बगालमा थोप्ले पाठा जन्मे। उनले ‘धर्के बाख्रा तेरा हुनेछन्,’ भन्दा बगालमा धर्के नै जन्मे। Viz kapitolaपवित्र बाइबल8 “एक पल्ट लाबानले भने, ‘तिमीले थोप्ले जति सबै बाख्राहरू राख्न सक्छौ, यही तिम्रो ज्याला हुनेछ।’ जब उनले त्यसो भने, तब सबै पशुहरूले सिंगारे पाठाहरू ब्याए। यसर्थ ती सबै मेरा थिए। तर लाबानले भने, ‘म थोप्ले बाख्राहरू राख्छु। सबै सिंगारे बाख्राहरू तिमी राख्न सक्छौ। त्यही तिम्रो ज्याला हुनेछ।’ तिनले त्यसो भनेपछि सबै पशुहरूले सिंगारे पाठाहरू ब्याए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण8 उहाँले ‘टाटेपाटे पशुहरू तिम्रो ज्याला हुनेछन्’ भन्नुहुँदा सबै बगालले टाटेपाटे नै बियाउँथे; अनि उहाँले ‘धर्के पशुहरू तिम्रो ज्याला हुनेछन्’ भन्नुहुँदा सबै बगालले धर्के नै बियाउँथे। Viz kapitola |