Online Bible

- Reklamy -




उत्पत्ति 31:43 - नेपाली नयाँ संशोधित संस्करण

43 लाबानले जवाफमा याकूबलाई भने, “यी छोरीहरू मेरै छोरीहरू हुन्‌। यी छोराछोरी पनि मेरै छोराछोरी हुन्‌। यी बगालहरू मेरै बगालहरू हुन्, र तिमी यहाँ जो देख्‍छौ सबै मेरै हुन्‌। तर आज यी मेरा छोरीहरू र तिनीहरूले जन्‍माएका छोराछोरीहरूलाई म के गर्न सक्‍छु र?

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

43 लाबानले याकूबलाई उत्तर दिए, “यी केटीहरू मेरा छोरीहरू हुन्, यिनका छोरा-छोरीहरू मेरा नाति-नातिनाहरू हुन्। यी भेडा-बाख्राहरूका बथान मेरा हुन्। खासै यहाँ जति कुरा देखिंदै छ, ती मेरै हुन्। तर मेरा छोरीहरू र तिनका छोरा-छोरीहरू रोक्‍ने काम म गर्दिनँ।

Viz kapitola kopírovat

पवित्र बाइबल

43 लाबानले याकूबलाई भने, “यी स्त्रीहरू मेरी छोरीहरू हुन्। यी नानीहरू मेरा हुन्। अनि यी पशुहरू सब मेरा हुन्। यहाँ तिमी जे पनि देख्छौ सबै मेरो हुन्। तर म मेरी छोरीहरू र नानीहरूको विषयमा केही गर्न सक्तिनँ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

43 त्यसपछि लाबानले याकोबलाई जवाफ दिए, “यी स्त्रीहरू मेरा छोरीहरू हुन्, यिनका छोराछोरीहरू मेरा नातिनातिनाहरू हुन्; अनि यी बगालहरू पनि मेरा बगाल हुन्। तिमीले देखेका यी सबै थोक मेरै हुन्। तर पनि आज यी मेरा छोरीहरू र तिनीहरूले जन्माएका यी छोराछोरीहरूलाई म के गर्न सक्छु र?

Viz kapitola kopírovat




उत्पत्ति 31:43

Následuj nás:

Reklamy


Reklamy