उत्पत्ति 3:16 - नेपाली नयाँ संशोधित संस्करण16 स्त्रीलाई उहाँले भन्नुभयो, “तेरो सुत्केरी-वेदना म ज्यादै गरी बढ़ाइदिनेछु। दु:खसँग तैंले बालक जन्माउनेछस्। तेरो इच्छा पतितर्फ नै हुनेछ, र त्यसले तँलाई अधीनमा राख्नेछ।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल16 तब उहाँले स्त्रीलाई भन्नुभयो, “तैँले गर्भवती हुँदा पाउने कष्ट र छोरा-छोरी जन्माउँदा पाउने पीडा म बढाउनेछु। त्यसो भएर पनि तैँले आफ्ना लोग्नेको चाहना गर्नेछस् र उसको अधीनमा बस्नेछस्।” Viz kapitolaपवित्र बाइबल16 त्यसपछि परमप्रभु परमेश्वरले त्यस स्त्रीलाई भन्नुभयो, “जब तिमी गर्भधारण गर्नेछौ त्यस अवस्थामा म तिमीलाई अति कष्ट दिनेछु, र आफ्नो सन्तान जन्माउने बेलामा तिमीले साह्रै नै प्रसव वेदना सहनु पर्नेछ। तिमी आफ्नो पतिको चाहना गर्नेछौ। तर उनले तिमीलाई शासन गर्नेछ।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण16 स्त्रीलाई उहाँले भन्नुभयो, “म तेरो गर्भावस्थाको पीडा ज्यादै बढाइदिनेछु; बडो कष्टसाथ तैँले सन्तान जन्माउनेछस्। तेरो चाहना तेरो पतितर्फ नै हुनेछ, र उसले तँमाथि अधिकार जमाउनेछ।” Viz kapitola |