उत्पत्ति 27:27 - नेपाली नयाँ संशोधित संस्करण27 याकूब नजिक गएर आफ्ना पितालाई म्वाइँ खाए। अनि इसहाकले तिनका लुगाहरूको गन्ध सुँघेर यसो भनी आशिष् दिए, “हेर, मेरो छोराको बास्ना, परमप्रभुले आशिष् दिनुभएको खेतको बास्नाजस्तै छ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल27 म्वाइँ खानलाई याकूब अघि जाँदा इसहाकले एसावको लुगाको गन्ध पाए र त्यसलाई आशीर्वाद दिए। उनले भने, “मेरो छोराको सुगन्ध परमप्रभुले आशिष् दिनुभएको खेतबारीको सुगन्धजस्तै छ। Viz kapitolaपवित्र बाइबल27 तब याकूबले आफ्नो बाबुको नजिक गएर चुम्बन गरे। इसहाकले तिनका लुगाहरूको गन्ध सुँघे र उनलाई आशीर्वाद दिए। इसहाकले भने, “मेरो छोरो परमप्रभुबाट आशीर्वाद पाएको खेतको सुगन्ध झैं होस्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण27 यसकारण याकोब नजिकै गएर आफ्नो बुबालाई म्वाइँ खाए। जब उनको लुगाको बास्ना इसहाकले थाहा पाए, तब उनलाई आशिष् दिएर भने, “अहो, मेरो छोराको बास्ना त याहवेहले आशिष् दिनुभएको खेतको बास्नाझैँ छ। Viz kapitola |