उत्पत्ति 26:18 - नेपाली नयाँ संशोधित संस्करण18 तिनले आफ्ना पिताका पालोमा खनिएका इनारहरू फेरि खन्न लाए। किनभने अब्राहामको मृत्युपछि पलिश्तीहरूले ती पुरिदिएका थिए। अनि तिनले ती इनारहरूका नाउँ आफ्ना पिताले राखेकै नाउँ राखिदिए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल18 अब्राहामको समयमा खनेका र उनको मृत्युपछि पलिश्तीहरूले बन्द गरिदिएका इनारहरू फेरि इसहाकले खन्न लाए। उनले ती इनारहरूका नाम आफ्ना बुबाले पहिला राखेकै नामहरू राखे। Viz kapitolaपवित्र बाइबल18 त्यस समयभन्दा धेरै अघि अब्राहामले धेरै कूवाहरू खनाएका थिए। जब अब्राहामको मृत्यु भयो, पलिश्तीहरूले सबै कूवाहरूमा माटो हालेर पुरिदिए। यसर्थ इसहाक त्यहाँ गएर फेरि ती कूवाहरू खानाए अनि उनका बाबु अब्राहामले जे-जे नाउँ ती कूवाहरूको राखेका थिए तीनै नाउँ राखे। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण18 इसहाकका पिता अब्राहामको समयमा खनिएका इनारहरू तिनले फेरि खने, जुन अब्राहामको मृत्युपछि पलिश्तीहरूले पुरिदिएका थिए; अनि ती इनारहरूलाई तिनका पिताले दिएकै नामहरू दिए। Viz kapitola |