उत्पत्ति 24:44 - नेपाली नयाँ संशोधित संस्करण44 तिनले मलाई “खानुहोस्, र म तपाईंका ऊँटहरूलाई पनि पानी उघाइदिनेछु,” भन्नेछिन्, त्यही स्त्रीचाहिँ मेरा मालिकका छोराको लागि परमप्रभुले ठहराउनुभएको होस्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल44 उसले पानी दिन राजी भई र मेरा ऊँटहरूलाई पनि त्यसले पानी दिई भने त्यही केटी मेरो मालिकका छोराको लागि तपाईंले चुनिदिनुभएका पत्नी हो भनी सम्झन्छु।’ Viz kapitolaपवित्र बाइबल44 योग्य केटीले विशेष प्रकारले उत्तर दिन्छे। उनले भन्छे, “यो पानी पिउनु होस-अनि म तपाईंका ऊँटलाई पनि पानी दिन्छु।” त्यस प्रकारले म चाल पाउनेछु परमप्रभुले मेरा मालिकको छोरोको निम्ति रोज्नु भएको दुलही यही केटी हुनु पर्छ।’ Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण44 अनि यदि उसले मलाई “पिउनुहोस्, र म तपाईंका ऊँटहरूका निम्ति पनि पानी उघाएर दिनेछु,” भन्ली, तब त्यही स्त्री याहवेहले मेरा मालिकका छोराका निम्ति चुन्नुभएको होस्।’ Viz kapitola |