उत्पत्ति 24:3 - नेपाली नयाँ संशोधित संस्करण3 म तँलाई स्वर्ग र पृथ्वीका परमप्रभु परमेश्वरको यो शपथ खान लाउँछु कि तैंले मेरो छोरालाई अहिले म बसेको ठाउँका कनानीका छोरीहरूमध्ये कसैलाई विवाह गर्न नल्याइदिनू, Viz kapitolaसरल नेपाली पवित्र बाइबल3 म यो चाहन्छु कि परमप्रभु स्वर्ग र पृथ्वीका परमेश्वरका नाउँमा तैँले मेरो छोराको निम्ति यहाँ कनान देशमा पत्नी ‘खोज्दिनँ’ भनी शपथ खा। Viz kapitolaपवित्र बाइबल3 अब म चाहन्छु तैंले मलाई एउटा वचन दे। पृथ्वी अनि स्वर्गका परमप्रभु परमेश्वरको अघि तैंले मलाई वचन दे कनान देशकी कुनै पनि कन्यासित मेरो छोरोको विवाह हुन दिने छैनस्। हामी तिनीहरूको वीचमा बस्छौं तर तैंले कनानी कन्यासित उसलाई विवाह गर्न दिने छैनस्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण3 अनि म तँलाई स्वर्ग र पृथ्वीका याहवेह परमेश्वरको नाममा शपथ खान लगाउँछु; अहिले म बसोबास गर्दैआएको कनानीहरूका छोरीहरूमध्येबाट मेरा छोराको निम्ति पत्नी नल्याउनू, Viz kapitola |