उत्पत्ति 23:6 - नेपाली नयाँ संशोधित संस्करण6 “हे प्रभु, सुन्नुहोस्, तपाईं हामीहरूमध्ये एक शक्तिशाली शासक हुनुहुन्छ। हाम्रा चिहानमध्ये सबैभन्दा असलचाहिँ छानेर लाश गाड्नुहोस्। हामीमध्ये कसैले पनि आफ्नो चिहान लाश गाड्नलाई तपाईंलाई दिन इन्कार गर्नेछैन।” Viz kapitolaपवित्र बाइबल6 “महाशय सुन्नु होस्, तपाईं हामीहरूमाझ परमेश्वरका एकजना मानिस हुनुहुन्छ यसर्थ हाम्रो चिहान घारीमा तपाईं जहाँ मन पराउनु हुन्छ त्यहाँ फिक्री नगरी आफ्नो पत्नीको लाश गाड्न सक्नु हुन्छ। तपाईंकी पत्नीको लाश गाड्न यहाँ हामी मध्ये कसैले पनि बाधा दिन सक्तैनौ।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण6 “हे प्रभु, हाम्रो कुरा सुन्नुहोस्! तपाईं हाम्रो बीचमा परमेश्वरका राजकुमार हुनुहुन्छ। त्यसकारण हाम्रा चिहानहरूमध्ये सबैभन्दा असलचाहिँ छानेर त्यहीँ आफ्नो मृतकलाई गाड्नुहोस्। हाम्रो चिहानमा तपाईंको मृतकलाई गाड्न दिन हामी कसैले पनि इन्कार गर्नेछैनौँ।” Viz kapitola |