Online Bible

- Reklamy -




उत्पत्ति 2:19 - नेपाली नयाँ संशोधित संस्करण

19 परमप्रभुले सबै वन-पशु र आकाशका सबै पक्षीलाई भूमिबाट बनाएर मानिसले तिनीहरूको के-के नाउँ राख्‍दो रहेछ भनी हेर्न तिनीहरूलाई मानिसकहाँ ल्‍याउनुभयो। र मानिसले हरेक प्राणीलाई जे-जे नाउँ दिए त्‍यही-त्‍यही नै त्‍यसको नाउँ भयो।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

19 उहाँले जमिनबाट केही माटो लिनुभयो र सबै पशु र चरा-चुरुङ्गीहरू बनाउनुभयो। तब तिनीहरूलाई के-के नाम दिने रहेछ भनी हेर्नलाई उहाँले तिनीहरूलाई मानिसकहाँ ल्‍याउनुभयो। त्‍यसरी तिनीहरूले आ-आफ्‍ना नाम पाए।

Viz kapitola kopírovat

पवित्र बाइबल

19 यसर्थ परमप्रभु परमेश्वरले जमीनका सबै पशुहरू र आकाशमा चरा-चुरूङ्गीहरू सृष्टि गरी तिनीहरूको के-के नाउँ राख्दा रहेछन् भनी मानिसकहाँ पठाउनु भयो। अनि मानिसले तिनीहरूलाई जे भने तिनीहरूको त्यही नाउँ रह्यो।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

19 याहवेह परमेश्‍वरले भूमिबाट सबै जङ्गली जनावर र आकाशका पक्षीहरूलाई बनाउनुभएको थियो। मानिसले तिनीहरूका के-के नाम राख्दो रहेछ भनी हेर्न तिनीहरूलाई तिनीकहाँ ल्याउनुभयो; अनि मानिसले हरेक प्राणीलाई जे-जे भनेर बोलाए, त्यही नै तिनीहरूका नाम रह्‍यो।

Viz kapitola kopírovat




उत्पत्ति 2:19

Následuj nás:

Reklamy


Reklamy