उत्पत्ति 19:2 - नेपाली नयाँ संशोधित संस्करण2 “हजूर, कृपा गरी आफ्नो दासको घरमा पाल्नुहोस्, र त्यहीँ रात बिताउनुहोस्। तपाईंहरू आफ्ना पाउ धुनुहोस् र बिहान सबेरै उठेर जानुहोस्।” उनीहरूले भने, “अँहँ, हामी बाहिर चोकमा नै सुत्नेछौं।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल2 र भने, “हजुरहरू हो, हजुरका सेवा गर्नलाई म यहाँ छु। मेरो घरमा पाल्नुहोस्। हातपाउ धोई राती बास बस्न सक्नुहुन्छ। बिहान सखारै उठेर आफ्नो बाटो लाग्नुहोस्।” तर तिनीहरूले उत्तर दिए, “होइन, हामी यहाँ सहरका चोकमा रात बिताउनेछौं।” Viz kapitolaपवित्र बाइबल2 तिनले भने, “महाशय, कृपा गरी तपाईंहरूको दासको घरमा गई हात पाऊ धोई रात त्यहीं बिताउनु होस् र बिहान चाँडै उठी आफ्नो स्थानको लागि बाटोतर्फ प्रस्थान गर्नु होस्।” ती स्वर्गदूतहरूले भने, “अँहँ हामी बाटोमै रात बिताउनेछौं।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण2 अनि तिनले भने, “हे मेरा प्रभुहरू हो, कृपया आफ्नो सेवकको घरमा पाल्नुहोस्। तपाईंहरू आफ्ना पाउ धुनुहोस् र रात यहीँ बिताउनुहोस्; अनि भोलि बिहानै आफ्नो बाटो लाग्नुहोस्।” तर तिनीहरूले भने, “होइन, हामी यहीँ चोकमा रात काट्नेछौँ।” Viz kapitola |