उत्पत्ति 19:15 - नेपाली नयाँ संशोधित संस्करण15 उज्यालो हुन लाग्दा ती दूतहरूले लोतलाई यसो भनेर आतुरी लाए, “उठ, तिम्री पत्नी र यहाँ भएका तिम्रा दुई छोरीहरूलाई लिएर गइहाल, नत्रता यस सहरले पाउने सजायमा तिमी पनि भस्म हुनेछौ।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल15 मिरमिरे उज्यालो हुँदा ती स्वर्गदूतहरूले लोतलाई हतार गर्न लाए। तिनीहरूले भने “छिटो गर, तिम्री स्वास्नी र तिम्रा दुई छोरीहरूलाई साथमा लिई तिमी गइहाल। त्यसो भए, सहर नाश हुँदा तिमीहरूको ज्यानचाहिँ जानेछैन।” Viz kapitolaपवित्र बाइबल15 अर्को बिहानै उज्यालो हुन लाग्दा ती स्वर्गदूतहरूले लूतलाई चाँडो गर्न लगाए। तिनीहरूले भने, “हेर, यो शहरलाई दण्ड दिइन्छ। यसर्थ तिम्री पत्नी अनि छोरीहरू जो यहाँ छन् तिनीहरूलाई लिएर शहरबाहिर जाऊ। यसो गरे तिमीहरू यो शहरसितै नष्ट हुने छैनौ।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण15 झिसमिसे उज्यालो हुन लाग्दा ती दूतहरूले लोतलाई यसो भनेर हतार गराए, “चाँडो गर! यहाँ भएका तिम्री पत्नी र दुई छोरीहरू लिएर गइहाल, नत्रता यस सहरले दण्ड पाउँदा तिमीहरू पनि भस्म हुनेछौ।” Viz kapitola |