उत्पत्ति 19:1 - नेपाली नयाँ संशोधित संस्करण1 साँझमा ती दुई स्वर्गदूतहरू सदोममा आए। त्यस बेला लोत सदोमको मूल ढोकामा बसिरहेका थिए। उनीहरूलाई देखेर लोत भेट गर्न उठे, र भूइँसम्म निहुरेर दण्डवत् गरी भने, Viz kapitolaसरल नेपाली पवित्र बाइबल1 त्यस बेलुका ती दुई स्वर्गदूतहरू सदोम आइपुग्दा लोत सहरको मूल-ढोकानिर बसिरहेका थिए। तिनीहरूलाई देख्ने बित्तिकै उनी उठे र तिनीहरूलाई भेट्न गए। तिनीहरूको सामु उनले शिर निहुराए Viz kapitolaपवित्र बाइबल1 साँझमा दुइजना स्वर्गदूतहरू सदोम शहरमा आए। त्यस बेला लूत सदोमको फाटकमा बसिरहेका थिए। लूतले स्वर्गदूतलाई देखे र भेट्न गए। तब लूतले तिनीहरूको सामुन्ने निहुरेर दण्डवत् गरे। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण1 ती दुई स्वर्गदूतहरू साँझतिर सदोममा आइपुगे; अनि लोतचाहिँ सहरको मूलढोकामा बसिरहेका थिए। जब लोतले तिनीहरूलाई देखे, तब तिनी तिनीहरूलाई भेट्न उठे; अनि भुइँसम्मै घोप्टो परेर दण्डवत् गरे। Viz kapitola |