प्रस्थान 8:3 - नेपाली नयाँ संशोधित संस्करण3 अनि नील नदी भ्यागुताले भरिनेछ, र ती तेरो महल, तेरो सुत्ने कोठा, तेरो पलङ्ग, तेरा अधिकारीहरूका घर-घरमा र तेरा प्रजामाथि, र तेरा चुलाहरू र पीठो मुछ्ने आह्रीहरूमा आउनेछन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल3 नील नदीमा यति धेरै भ्यागुता भरिनेछन् कि तिनीहरू नदी छोडी तेरो महलमा, सुत्ने कोठा र पलङ्गमा, तेरा भारदार र प्रजाका घरमा र तेरा चुला र पकाउने भाँडाहरूमा समेत आइपुग्नेछन्। Viz kapitolaपवित्र बाइबल3 नील नदी भ्यागुत्ताले भरिनेछ। भ्यागुत्ताहरू नदीबाट आउने छन् अनि तिमीहरूका घरभित्र पस्नेछन्। तिनीहरूको सुत्ने कोठाहरू र ओछ्यानहरू भरि हुनेछन्। भ्यागुत्ताहरू रोटी बनाउने भाँडाहरू अनि अधिकारीहरूका घरहरूमा भरिनेछन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण3 नील नदी भ्यागुताले भरिनेछ। ती भ्यागुताहरू तेरो महलभित्र, तेरो सुत्ने कोठाभित्र, तेरो खाटमाथि, तेरा अधिकारीहरूका घर-घरमा, तेरा प्रजामाथि, तेरो चुल्हा र पिठो मुछ्ने भाँडाहरूमा उक्लेर आउनेछन्। Viz kapitola |