प्रस्थान 8:26 - नेपाली नयाँ संशोधित संस्करण26 तर मोशाले भने, “यसो गर्नु ठीक हुँदैन, किनकि परमप्रभु हाम्रा परमेश्वरको निम्ति हामीले चढ़ाउने बलिदेखि मिश्रीहरू घीन मान्छन्। मिश्रीहरूकै आँखाका सामुन्ने उनीहरूले घीन गर्ने बलि हामीले चढ़ायौं भनेता उनीहरूले हामीलाई ढुङ्गाले नहान्लान्? Viz kapitolaसरल नेपाली पवित्र बाइबल26 मोशाले जवाफ दिए, “त्यसो गर्न ठीक हुनेछैन किनभने हामीले हाम्रा परमेश्वर परमप्रभुकहाँ पशुहरूको बलि चढाएको मिश्रीहरूले हेर्न सक्नेछैनन्। हामीले मिश्रीहरूका आँखा सामुन्ने यी पशुहरूलाई बलि चढाउन थाल्यौं भने तिनीहरूले हामीलाई ढुङ्गाले हिर्काई मार्नेछन्। Viz kapitolaपवित्र बाइबल26 तर मोशाले भने, “यसो गर्नु ठीक हुँदैन। परमप्रभु हाम्रा परमेश्वरलाई पशु बलिदान चढाउँदा मिश्र देशका मानिसहरूले भयानक कुरा हो भनी सम्झन्छन्। यदि यहाँ हामीले बलिदान चढायौं भने मिश्रदेशका मानिसहरूले देख्नेछन् र तिनीहरूले हामीमाथि ढुङ्गा हिर्काउने छन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण26 तर मोशाले भने, “यसो गर्नु उचित नहोला। हामीले याहवेह हाम्रा परमेश्वरलाई चढाएको बलिदान इजिप्टियनहरूले घृणा गर्छन्। हामीले तिनीहरूका दृष्टिमा घृणित बलिदान चढायौँ भने, के तिनीहरूले हामीलाई ढुङ्गाले हान्नेछैनन् र? Viz kapitola |