प्रस्थान 40:15 - नेपाली नयाँ संशोधित संस्करण15 तैंले तिनीहरूको बुबालाई अभिषेक गरेझैँ तिनीहरूलाई पनि अभिषेक गर्नू, र तिनीहरूले पूजाहारी पदमा मेरो सेवा गरून्। तिनीहरूको अभिषेकचाहिँ एक अनन्त पूजाहारीगिरीको रूपमा तिनीहरूका सम्पूर्ण पुस्ताभरि हुनेछ।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल15 तब बुबालाई अभिषेक गरेझैँ, तिनीहरूलाई अभिषेक गर्नू र तिनीहरूले पनि पूजाहारी भई मेरो सेवा गर्न सक्नेछन्। यस अभिषेकद्वारा तिनीहरू सदाको निम्ति मेरा पूजाहारी बन्नेछन्।” Viz kapitolaपवित्र बाइबल15 छोराहरूलाई पनि बुबालाई गरेकै प्रकारले अभिषेक गरिदेऊ। तब तिनीहरूले पनि पूजाहारी भई मेरो सेवा गर्न सक्छन्। जब तिमी तिनीहरूलाई अभिषेक गर्छौ तब तिनीहरू पूजाहारी हुन्छन्। भविष्यमा पनि त्यो परिवार पूजाहारी नै भइरहनेछ।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण15 तिनीहरूका पितालाई अभिषेक गरेजस्तै तैँले तिनीहरूलाई पनि अभिषेक गर्नू, ताकि तिनीहरूले पुजारी भई मेरो सेवा गरून्। अनि तिनीहरूको अभिषेक एक पुजारी भई तिनीहरूका पुस्तामा निरन्तर रहनेछ।” Viz kapitola |