प्रस्थान 3:7 - नेपाली नयाँ संशोधित संस्करण7 तब परमप्रभुले भन्नुभयो, “मिश्रमा भएका मेरा प्रजाको दु:ख मैले देखेको छु, र कामदारहरूको अत्याचारमा तिनीहरूले पुकारा गरेका मैले सुनेको छु। तिनीहरूको दु:ख मलाई थाहा छ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल7 परमप्रभुले भन्नुभयो, “मिश्रमा मेरा प्रजालाई कति निष्ठुरतासित सताइँदै छ, मैले देखेको छु। निष्ठुरी नाइकेहरूका हातदेखि छुटकारा पाउन तिनीहरूले गरेको पुकार मैले सुनेको छु। तिनीहरूका दु:ख र पीडा म सबै जान्दछु। Viz kapitolaपवित्र बाइबल7 परमेश्वरले उनलाई भन्नुभयो, “मिश्रमा भएका मेरो मानिसहरूले कष्ट भोगेको मैले देखेको छु। मैले तिनीहरूको शोकपूर्ण प्रार्थनाहरू सुनेको छु, जब तिनीहरूका कमारा मालिकहरूले जबरजस्ती कठिन कामहरू गर्न लगाए। म तिनीहरूको दुःखको कारण पनि जानेकोछु। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण7 याहवेहले भन्नुभयो, “मैले इजिप्टमा भएका मेरा प्रजाका कष्ट साँच्चै देखेको छु। परिश्रममा जोतिएकाहरूलाई यातना दिने ठेकेदारहरूका कारण मैले तिनीहरूको चीत्कार सुनेको छु; र तिनीहरूका दुःखप्रति मेरो वास्ता छ। Viz kapitola |