प्रस्थान 2:15 - नेपाली नयाँ संशोधित संस्करण15 फारोलाई यो कुरा थाहा भयो र उनले मोशालाई मार्ने विचार गरे। तब मोशा फारोदेखि भागेर मिद्यान देशमा गए र त्यहाँ एउटा कूवानेर बसे। Viz kapitolaसरल नेपाली पवित्र बाइबल15-16 यो कुरो राजाले पनि चाल पाएर तिनले मोशालाई मार्ने चेष्टा गर्न लागे; तर मोशा भागेर गई मिद्यान देशमा बस्न थाले। एक दिन मोशा एउटा इनारको छेउमा बसिरहेका थिए। मिद्यानको पूजाहारी यित्रोका सात वटी छोरीहरू पानी भर्न आए र आफ्ना बुबाका भेडा-बाख्राले पिउने पानीका डुँडहरू भर्न लागे। Viz kapitolaपवित्र बाइबल15 मोशाद्वारा हत्या गरेको विषयमा फिरऊनले पनि थाह पाए, अनि उसलाई मार्ने निश्चय गरे। यसकारण मोशाले आफैंलाई फिरऊन देखि बाँच्नको निम्ति भागेर मिद्यानमा गए। जब मोशा मिद्यानमा पुगे ऊ कुनै कुवाको नजिक बसे। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण15 जब फारोले यो सुने, तब उनले मोशालाई मार्न खोजे; तर मोशा फारोदेखि भागेर गए, र मिद्यानमा बस्न लागे; अनि त्यहाँ तिनी एउटा इनारको छेउमा बसे। Viz kapitola |